प्रहरी र सिके राउतका कार्यकताबीच फेरि झडप, प्रहरीको हतियार खोसियो

प्रहरी र सिके राउतका कार्यकताबीच फेरि झडप, प्रहरीको हतियार खोसियो

बुटवलः रुपन्देहीको मर्चवार क्षेत्रको स्थिति आइतबार पनि तनावग्रस्त बनेको छ। सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा विथोलिएपछि त्यसको विरोधमा आइतबार फेरि प्रहरीको गाडीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको हो।

झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार समेत खोसेका छन्। वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ। रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले पाँच राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको जानकारी दिए। कार्यकर्ताले प्रहरीको लङ ब्यारेल गन खोसेर लगेको प्रहरीले जनाएको छ।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ। करिव २ सय ५० सुरक्षाकर्मीहरु मर्चवार क्षेत्रमा तैनाथ रहेको प्रहरीले जनाएको छ। शनिबार भएको झडपमा राउतका २१ जना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको थियो भने ट्रकमा आगजनी भएको थियो। आइतबार भएको झडपमा केही सुरक्षाकर्मीसहित कार्यकर्ताहरु घाइते भएका छन्।

स्थानीयबासीले सिके राउतका कार्यकर्ताको नाममा मर्चवारबासीलाई कुटेको बताउँदै आएका छन्। कतिपयले विरोधमा उत्रिएकाहरु कार्यकर्ता नभइ सर्वसाधारण भएको जनाएका छन्।

योपनि पढ्नुस्: सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.