जेठ १५ भित्रै स्थानीय निर्वाचन : मन्त्री केसी
नुवाकाेट: सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जेठ १५ भित्रै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्।
अलैंची व्यवसायी महासंघले अाइतबार नुवाकोटमा गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै मन्त्री केसीले सहमतिमै निर्वाचनको मिति घोषणा गरिने बताए। संविधानको कार्यान्वयनका लागि पनि चुनाव अावश्यक रहेकाे भन्दै केसीले सरकार निर्वाचन गराउन दृढ रहेकाे बताए।
मन्त्री केसीले संविधानका निर्माता कांग्रेस ,एमाले र माअाेवाी केन्द्र संविधान जाेगाउन एक हुनुपर्ने वताए। उनले मधेसी मोर्चाको असन्तुष्टिलाई सम्वाेधन गर्ने तर्फ पनि सबै गम्भीर हुनुपर्ने बताए।
संविधानकाे पूर्ण कार्यान्वयन नहुँदा सबै दल समस्यामा पर्ने भएकाले पार्टीगत स्वार्थ त्यागेर मुलुकलार्इ निकास दिन अग्रसर हुनु पर्ने केसीले बताए।