सांसदको बदनामा गर्न खोजियो : ओली
काठमाडौं : प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनसँग जोडेर सांसदको बदनाम गर्न खोजिएको बताएका छन्।
पेशागत बिशेष जिल्ला कमिटीले आइतबार राजधानीमा गरेको भाषा स्थानीयकरण तथा सम्पदा संरक्षण बिषयमा आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन्।
‘संसोधन प्रस्ताव पारित हुन संख्या नपुग्ने हुँदा पनि पारित हुन्छ भनेर दाबी गर्ने गरिएको छ, कसरी हुन्छ भन्दा सांसदलाई मन्त्री दिने, पद दिने, नभए अन्तबाट टुप्पी कस्न लगाउने कुरा गरेर सांसदको नै बदनाम गर्न खोजिएको छ,’ ओलीले भने ।
उनले माननीय भनेर अगाडि सम्बोधन गरिएको गरिमालाई समेत यो दिएर ल्याउँछु उदिएर ल्याउँछु भनेर बदनाम गर्न नहुने उनले बताए।
उनले यसबाट राजनीतिकदल समेत पदका भोका हुन्छन् भनेर बदनाम गर्ने प्रयास भएको बताए। ओलीले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताए।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग एउटा र अरुसँग गएर अर्को कुरा गर्ने गरेको दाबी गरे। ‘मसँग भेट हुदा निर्वाचन हुने भन्दै आश्वस्त पार्ने काम हुन्छ अरुसँग गएर हँुदैन भन्ने काम भएको छ,’ ओलीले भने।