सीजी ब्रान्डका पंखा र कुलर बजारमा

सीजी ब्रान्डका पंखा र कुलर बजारमा

काठमाडौंः सीजी ब्रान्डले आउँदो गर्मी यामलाई मध्यनजर गर्दै घरायसी तथा कार्यालय प्रयोजनका लागि विभिन्न किसिमका एयर कुलर तथा फ्यान नेपाली बजारमा ल्याएको छ । कम्पनीले विभिन्न मोडल र आकर्षण डिजाइनका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो।

कम्पनीले सीजी ब्रान्डको एयर कुलर र फ्यानका नयाँ मोडल बजारमा भित्र्याएको हो । कम्पनीले भित्र्याएका नयाँ मोडल आकर्षक, किफायती र गुणस्तरीय भएको कम्पनीको दाबी छ । यसअन्तर्गत चार वटा मोडलमा रहेका एयर कुलरलाई कम्पनीले डिजर्ट र पर्सनल गरी दुई भागमा विभाजन गरेको छ । यसमा आइस चेम्बर, पावरफूल मोटर र स्ट्रोङ फ्यानसहितका विशेषता छन् । ग्राहकको माग अनुसार विभिन्न क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै नयाँ आएका फ्यान सिलिङ, स्ट्यान्ड, वाल, र टेबल गरी विभिन्न प्रकारमा छन् । १२ वटा मोडलमा उपलब्ध सिलिङ फ्यान विभिन्न साइजमा उपलब्ध छन् । त्यसमा डेकोरेटिभ र हाई स्पिड मोडल पनि रहेका छन् । त्यस्तै टेबल फ्यानअन्तर्गत रिमोट र ननरिमोट गरी दुवै मोडलमा रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.