जगदम्बा सिमेन्ट नयाँ आवरणमा
काठमाडौं: जगदम्बा सिमेन्ट प्रालिले आफ्नो जगदम्बा अल्ट्रा प्रिमियम ओपीसी सिमेन्टलाई नयाँ आवरणमा बजारमा ल्याएको छ ।
यस ब्रान्डले गुणस्तरका सबै मापदन्ड पूरा गरी एनएस ४९, आईएसओ ९००१ः२००८, आईएसओ ९००१ः२०१५, आईएसओ १४००१ः२०१५, एनएस क्वालिटी अवार्डमा लेटर अफ एप्रिसिएसन २०१४ र २०१५ बाट सम्मानित भइसकेको छ ।
उपभोक्ताको ड्रिम हाउसदेखि गौरवमय आयोजनामा प्रयोग हुँदै आएको जगदम्बा अल्ट्रा प्रिमियम ओपीसी सिमेन्ट अझ बढी आकर्षक, आधुनिक र बहुआयामिक लोगो र प्याकेजिङका साथ बजारमा आएको कम्पनीले जनाएको छ ।
जगदम्बा अल्ट्रा प्रिमियम ओपीसीको लोगो, प्याकेजिङ ट्रेडमार्कमा परिवर्तन आएको छ । नयाँ लोगोको प्रवद्र्धन गर्न कम्पनीले भुषण दाहाललाई ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ । कम्पनीले आफ्ना उत्पादन अझ बढी गुणस्तरीय, नविन र समय सापेक्ष रूपमा परिस्कृत भएर बजारमा आएको जनाएको छ ।