आरएमडीसीको शाखा कोहलपुरमा
काठमाडौं: रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले कोहलपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
लघुवित संस्थालाई कर्जा तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको सेन्टरले कोहलपुरको रामनगरमा उक्त शाखा स्थापना गरेको हो । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्रप्रसाद पौडेलले गरेका थिए।
उक्त शाखाबाट संस्थाले मध्य तथा सुदूरपश्चिम क्षेत्रका हालका ६६ वटा साझेदार संस्था र आगामी दिनमा साझेदारी गर्ने संस्थालाई वित्तीय सेवा प्रदान गर्नेछ ।