यतीको अन्तर बैंक विद्युतीय भुक्तानी सुरु
काठमाडौं: यती डेभलपमेन्ट बैंकले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सुरु गरेको छ । ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै लैजाने उद्देश्यले बैंकले सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको हो।
एनसीएचएल–आईपीएस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबार सञ्चालन गरिनेछ।
उक्त सेवाअन्तर्गत ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आईपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्सलगायतका सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले आगामी दिनमा समयसापेक्ष आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै जाने बताइएको छ ।