कलर्स मोबाइलको मूल्य घट्यो

कलर्स मोबाइलको मूल्य घट्यो

काठमाडौं: कलर्स मोबाइलले आफ्ना केही मोडलका स्मार्टफोनको मूल्य घटाएको छ । कलर्सले मोडल ई १५ र ई २० को मूल्यमा भारी छुट दिएको छ । पहिले १२ हजार चार सय ९५ रुपैयाँ पर्ने ई १५ को मोडललाई अहिले १० हजार चार सय ९५ मा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

त्यसैगरी १३ हजार नौ सय ९५ पर्ने ई २० मोडलको कलर्स मोबाइललाई नयाँ मूल्य ११ हजार नौ सय ९५ रुपैयाँ कायम गरिएको छ । बजेट अनुकूलको उत्कृष्ट स्मार्टफोनको खोजीमा रहेका ग्राहकलाई यो एउटा उत्कृष्ट अवसर हुने कम्पनीले जनाएको छ । ई १५ मा ड्रागन ट्रेल सिसासहित पावर व्यांक र ५००० एमएएच क्षमताको व्याट्री रहेको छ । साथै ई २० मा ५.५ इन्चको एचडी आईपीएस स्क्रिन छ ।

१३ मेगापिक्सलको मुख्य क्यामरा रहेको स्मार्टफोनमा फ्रन्ट क्यामरा आठ मेगापिक्सलको छ । यो स्मार्टफोनले फोर जी नेटवर्क सपोर्ट गर्छ । कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालका अनुसार यी दुई स्मार्टफोनको बजार मूल्यमा दिइएको अत्यधिक छुटले निम्न आयस्रोत भएका मानिसलाई स्मार्टफोन प्रयोग गर्ने अवसर मिल्नेछ । उनीहरूले थोरै पैसामा उत्कृष्ट स्मार्टफोनको लाभ लिन सक्नेछन् ।

कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले कलर्सका दुई स्मार्टफोनको मूल्यमा दिइएको छुटबारे जानकारी गराउन पाउँदा उत्साहित भएको बताए । सेवा प्रदायकले प्रविधिको स्तरोन्नति गर्दै फोर जी सेवा प्रदान गरिसकेको अवस्थामा मोबाइल प्रयोगकर्ताले पनि फोर जी नेटवर्क चलाउन पाउने उनले बताए । यसबाट ग्राहकले भरपुर फाइदा उठाउने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.