मन्त्रिपरिषद् बैठक : १४ देशका लागि राजदूत सिफारिस (सूचीसहित)
काठमाडौं : सरकारले १४ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए।
मन्त्रिपरिषद्ले राजदूत सिफारिस गरेका १४ देश
श्रीलंका : विश्म्भर प्याकुरेल (कांग्रेस)
बंगलादेश : डा.चोपलाल भुसाल (कांग्रेस)
युएई : आशा लामा (कांग्रेस)
जापान : प्रतिभा राणा (राप्रपा)
डेनमार्क : युवनाथ लम्साल (माओवादी केन्द्र)
बहराइ : पदम सुन्दास (माओवादी केन्द्र)
अष्ट्रेलिया : लक्की शेर्पा (माओवादी केन्द्र)
कतार : रमेशप्रसाद कोइराला (कांग्रेस)
साउदी : महेन्द्र सिंह (माओवादी केन्द्र)
दक्षिण कोरिया : अर्जुन जंगबहादुर सिंह (कांग्रेस)
इजरायल : निरन्जन थापा (राप्रपा)
म्यानमार : भीम उदास (कांग्रेस)
ओमान : शर्मिला पराजुली (फोरम लोकतान्त्रिक)
स्पेन : भरत रायमाझी (राप्रपा)
सरकारले स्पेनमा नयाँ राजदूतावास खोल्ने निर्णय गर्दै राजदूत सिफारिस गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदूतको नाम संसदीय सुनुवाई सिफारिस समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।