यसरी मारिएका थिए उत्तर कोरियाली शासक किमका दाइ (भिडियो)
एजेन्सी : गत बुधबार उत्तरकोरियाली शासक किम जोङ उनका दाइ किम जोङ नाम मलेसियामा रहस्यमय ढंगले मारिए। उनको मृत्यु लगत्तै खबर संसारभर फैलियो। उत्तर कोरियाली सञ्चार माध्यमले समेत उनको मृत्यु पुष्टि हुनेगरी सामाचार प्रकाशित गरे। उनको मृत्यु शरीरमा रसायनिक पदार्थक छर्किएर भएको बताइएको दाबी गरिएको छ।
उत्तर कोरियाली शासक किमका सौतेनी दाइको सुनियोजित हत्या भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाउदै आएका छन्। पछिल्ला दिनमा भने उनको हत्याका सिसिटीभी फुटेज सार्वजनिक हुन थालेका छन्।
सिसिटिभी फुटेजमा अस्पष्ट दृश्य देख्न सकिन्छ। मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थलमा उनी हिँडिरहेको मौकामा दुई महिलाले उनको अनुहारमा केही दलिदिएको जस्तो देख्न सकिन्छ। उनलाई आक्रमण गर्न पुगेका दुई महिला फरकफरक दिशाबाट त्यहाँ पुगेका छन्।