नेपाल छाला जुत्ता उत्पादक संघको प्रदर्शनी
काठमाडौः नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा छैठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सञ्चालन हुने भएको छ ।
‘कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो’ भन्ने मूल नाराका साथ फागुन ११ गतेदेखि १९ सम्म प्रदर्शनी आयोजना हुनेछ । मेलाले नेपाली घरेलु तथा साना उद्योगलाई आधुनिकीकरण गर्न मद्दत गर्नेछ । यसबाट नेपाली सामानको विदेशमासमेत निर्यात गरी बजार विस्तार गर्न मद्दत पुग्ने अध्यक्ष जीवन नेपालीले बताए ।
मेलामा करिब ५० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य छ । जुत्ताका पारखी, सचेत उपभोक्ता, कच्चा पदार्थको आपूर्ति तथा खरिद कर्तालाई लक्षित गरिएको मेला संयोजक राजेश बिशंखेले जानकारी गराए । मेलामा सामानको ६ महिना वारेन्टी तथा १५ देखि २५ सम्म छुट दिने महासचिव बासु नेपालीले जानकारी दिए ।