सिप्रदी अर्थमुभर्सको अन्तक्र्रिया कार्यक्रम

सिप्रदी अर्थमुभर्सको अन्तक्र्रिया कार्यक्रम

काठमाडौः टाटा हिटाचीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले कन्ट्रयाक्टर भेटधाट तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ । होटेल हिमालयमा आयोजना भएको उक्त कार्यक्रममा टाटा हिटाचीका डिलर प्रतिनिधि, निर्माण क्षेत्रका व्यवसायी र टाटा हिटाची इन्डिया तथा सिप्रदी अर्थमुभर्सका कार्यकारीसमेत उपस्थित थिए । टाटा हिटाची भारतमा निर्माणसम्बन्धी उपकरण बनाउने कम्पनी हो ।

अहिलेको प्रतिस्पर्धी समयमा निर्माण क्षेत्रमा कार्यरत सबैको कार्य सम्पादनलाई बढाउन यसले सहयोग गर्दै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा हिटाचीका उत्पादन बिक्रीवितरण गरी बजार विस्तारमा सहयोग पुर्याएकोमा सम्पूर्ण डिलर प्रतिनिधि तथा निर्माणमा संलग्न व्यवसायीलाई धन्यवाद दिएका थिए ।

त्यस्तै टाटा हिटाची इन्डियाको निर्देशक शिन नाकाजीमाले सिप्रदी अर्थमुभर्ससँग आफ्नो व्यावसायिक मित्रता कायम राख्न पाएकोमा खुसी व्यक्त गरे । टाटा हिटाचीका एक्जाभेटर, क्रेनजस्ता उपकरणले नेपालको बजार हिस्सा ओगट्दै गएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.