वोमीलाई कार्यक्षेत्र विस्तारको अनुमति
काठमाडौः वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले हाल कायम रहेको कार्यक्षेत्र विस्तार गरी ३२ जिल्ला पुर्याउन राष्ट्र बैंकबाट अनुमति पाएको छ । संस्थाले २२ वटा शाखा कार्यालयबाट १५ जिल्लामा सेवा पुर्याइरहेको छ ।
संस्थाको पाँचौं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.१०८ नगद लाभांस स्वीकृत गरेसँगै जारी तथा चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको करिब १८ हजार सदस्यमा उठाउन बाँकी लघु कर्जा ५३ करोड तथा वचत परिचालन १९ करोड रुपैयाँ छ । ग्रामीण क्षेत्रलाई लक्षित गरी संस्थाले देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ ।