एमालेको अभियान कसैका विरुद्धमा होइन, भाँजो हाल्न खाेजे प्रतिकार हुन्छः ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको ‘मेची–महाकाली अभियान’ कसैका विरुद्धमा नभएको स्पष्ट पारेका छन्।
मेची–महाकाली अभियानबारे जानकारी दिन मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘यो अभियान कसैका विरुद्धमा भण्डाफाेर गर्न लागिएको होइन। देश र जनता तथा राष्ट्र र राष्ट्रिय एकताका लागि यो अभियान सुरु गर्न लागिएको हो। कसैले यो अभियानमा भाँजो हाल्न खोजे प्रतिकार हुन्छ।’ उनले अभियानलाई असफल बनाउन कसैले षड्यन्त्रपूर्वक भाँजो हाल्न खोजे उसैलाई क्षति हुने बताए।
ओलीले आफूहरुको पूर्वनिर्धारित कार्यक्रम भएकाले कसैलाई अभियानमा बाधा–व्यवधान नपुर्याउन आग्रह गरे। ओलीले आफूहरुको मेची–महाकाली अभियानलाई अतिन्जित गरेर जनतालाई भ्रम फैलाउन खोजिएकोसमेत आरोप लगाए।
फरक प्रसंगमा ओलीले स्थानीय निर्वाचनको मिति घोषणा हुनु स्वागतयोग्य कदम भएको बताए। उनले भने,‘वैशाख ३१ मा स्थानीय निर्वाचन गर्ने सरकारले घोषणा गरेको छ। यसलाई म र मेरो पार्टीले स्वागत गर्छ। तर, निर्वाचनसम्बन्धी ऐन कानुन निर्माण गरी निर्वाचनको वातावरण तयार गर्न म सरकारलाई आग्रह गर्छु।’
फागुन २१ गते झापाबाट सुरु हुने मेची–महाकाली अभियान चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ।