निर्वाचनमा भाग लिएर अाफ्नो हैसियत नापौं: नेपाल

निर्वाचनमा भाग लिएर अाफ्नो हैसियत नापौं: नेपाल

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन्।

उनले भने,'स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।'

व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग म‌ंगलबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भने,'सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ।'

'निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ (लेनदेन) को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिई आफ्नौ हैसियत नाप्नुपर्छ,'उनले भने। उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसा पनि गरे।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.