प्रधानमन्त्रीको बोलाएको सर्वदलीय बैठक जारी

प्रधानमन्त्रीको बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौंः प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बसिरहेको छ।

संसद भवन नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकमा वैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी छन्। सरकारले घोषणा गरेको स्थानीय निर्वाचन र संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्। तर, मधेसी मोर्चाले भने सर्वदलीय बैठक बहिष्कार गरेको छ।

सोमबार सरकारले आगामी वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चा आन्दोलनमा उत्रिएको छ। मोर्चाले पहिले संविधान संशोधन गरेरमात्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएको थियो। तर, सरकारले सोमबार बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेपछि मोर्चाले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय लिएको हो।

मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्तावलाई मंगलबारको संसद बैठकबाट प्रक्रिया अगाडि बढाउने निर्णय सरकारले गरेपनि त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भएकाले संसद बैठक स्थागित गरिएको छ। संसद बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.