पूर्वअर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना
काठमाडौँ: उच्च ज्वरो आएपछि नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्।
उच्च ज्वरो आएपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको हो। नेता पुन हाल नर्सिङ केयरमा रहनुभएको उनको परिवारले जनाएको छ।
गत वर्ष जन्डिस बिग्रिएपछि उनको उपचार थाइल्यान्डको बैंककमा गरिएको थियो। रासस