नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थानीय निर्वाचन मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत्लगायत क्षेत्रको विकासमा सघाउन चीन तयार रहेको बताएकी छन् ।

राजदूत होङले बूढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार गरेको शिष्टाचार भेटमा निर्वाचन मिति घोषणामा चीनको प्रसन्नता व्यक्त गरेकी हुन् । भेट नेपाल–चीन आपसी सहयोग र सद्भावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा केन्द्रित थियो ।

भेटमा देउवाले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले स्थानीय निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुने र यसले तराईकेन्द्रित दलको भावनासमेत सम्बोधन हुने विश्वास चिनियाँ राजदूतलाई दिलाए ।

देउवाले नेपालको विकासमा छिमेकी मुलुक चीनको ठूलो सहयोग आवश्यक रहेको धारणा राजदूत होङसमक्ष व्यक्त गरेका थिए । ‘नेपालको विकासमा चीन र चिनियाँ जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको सभापति देउवाले हार्दिक सराहना गर्नुभएको थियो’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.