सिरहामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सिरहामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सिरहा : सिरहाको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ। पिप्रा प्रपी ५ को कमला नहरको किनारमा मंगलबार राति प्रित कम्पनीको अनटेष्ट ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्याना गएको छ।

ज्यान जानेमा स्थानीय १८ बर्षीय रुपेश यादव, हरेराम यादव र १७ बर्षीय नितेश यादव रहेको प्रहरीले जनाएको छ।  नितेशको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा ज्यान गएको हो भने दुईजनाको घटनास्थलमै ज्यान गएको जनाएको छ।

त्यसैगरी, पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चोहर्वामा भएको ट्याक्टर दुर्घटनामा एकजनाएको ज्यान गएको छ।

पश्चिमवाट पुर्वतर्फ आउदै गरेको स १ त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घट्ना हुँदा गम्भीर घाइते भएका सिरहा धनगढीमाई नगरपालिका १० का महनती यादवको उपचारकाक्रममा रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लाहानमा उपचारको क्रममा ज्यान गएको हो।

स १ त ३२४८ नम्बरको ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा छन् भने अर्का ट्याक्टर चालक फरार रहेकाले जिल्ला प्रहरी कार्यालय सिरहाबाट खोजी भइरहेको छ।

शवहरु पोष्टमार्टमको लागि लहान र सिरहा अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.