ठेकेदार विवादले पुल निर्माण अलपत्र

ठेकेदार विवादले पुल निर्माण अलपत्र

गाईघाट : आर्थिक लेनदेनमा ठेकेदारबीच विवाद हुँदा उदयपुरको सदरमुकाम जोड्ने त्रियुगा नगरपालिका-७ स्थित फर्सेट खोलाको पुल पाँच वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष ०६९-७० मा सम्पन्न गर्ने गरी २ करोड ३३ लाख रुपैयाँमा निर्माण सुरु गरिएको पुल दुई ठेकेदारबीच विवाद हुँदा ५० प्रतिशत पनि काम नभई अलपत्र परेको हो।

निर्माण सुरु भएको ६ महिना बित्न नपाउँदै निर्माणको जिम्मेवारी लिएको बिपी बहादुर थिङ ज्वाइन्ट भेन्चर काठमाडौंका सञ्चालक बहादुर थिङ र फौदबहादुर पाण्डेबीच लेनदेनको विषयमा विवाद चर्कंदा पुल बन्न नसकेको हो। दुवै ठेकेदारबीच आर्थिक अनियमितताको आरोप÷प्रत्यारोप छ। थिङले साइड सञ्चालन गर्दा पाण्डेले हिसाब-किताब व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् भने पाण्डेले अनुगमन र कार्यदेशको जिम्मेवारी पाएको डिभिजन सडक कार्यालयबाट थिङले आफूखुसी बिलको रकम झिकी आफूले पाउने रकमसमेत उपलब्ध नगराएको आरोप लगाएका छन्।

पाण्डेले बिल-भर्पाई बनाई कार्यालयमा पेस गरेको तर रकम झिक्ने बेला कम्पनीबाट एकलौटी निर्णय गरी चेकको हस्ताक्षरबाट विमुख गराई थिङले रकम झिकेको आरोप लगाए। साइड सञ्चालन गर्न काठमाडौंमा रहेको घरजग्गा बैंकमा धितो राखी लगानी गरेको रकमसमेत नदिई थिङले एकलौटी गोजी भरेकाले समस्या उत्पन्न भएको उनको भनाइ थियो।

 दुवै पक्षबीच लेनदेनका विषयमा बढेको असमझदारी समाधान नहुँदा यसको प्रत्यक्ष मारमा उदयपुर, खोटाङ र भोजपुरको उत्तरी क्षेत्रका स्थानीय परेका छन्।

उनले समस्याबारे पटक-पटक प्रहरीको रोहवरमा छलफल भए पनि निष्कर्ष ननिस्किएको बताए। उनीहरूबीच नुवाकोटको झोलुंगे पुल बनाउँदाको विषयलाई लिएर सर्वोच्च अदालतमा चलेको मुद्दासमेत विचाराधीन अवस्थामा छ। दुवै पक्षबीच लेनदेनका विषयमा बढेको असमझदारी समाधान नहुँदा यसको प्रत्यक्ष मारमा उदयपुर, खोटाङ र भोजपुरको उत्तरी क्षेत्रका स्थानीय परेका छन्।

पुल अनुगमनको जिम्मा पाएको डिभिजन कार्यालय लाहान र जिल्ला प्रशासन कार्यालय उदयपुरले चासो नदिएको स्थानीयको आरोप छ। आर्थिक वर्ष सम्पन्न हुन लाग्दा म्याद थप गर्न ठेकेदार कम्पनीले चासो दिएर काम गरेजस्तो गर्ने र म्याद थपपछि काम थाती राख्ने गरेको स्थानीय दिलबहादुर राईको भनाइ छ।

यता, डिभिजन प्रमुख शोभितलाल ठाकुरले ठेकेदारबीच लेनदेनमा विवाद हुँदा काममा अवरोध पुगेको बताए। उनले भने, ‘२÷४ पटक दुवै पक्षलाई राखेर छलफल गराइयो, अझै मिलिसकेको छैन्, यद्यपि मुख्य ठेकेदार बहादुर थिङलाई समातेर काम अगाडि बढाइएको छ, आशा छ यस आवमा काम सकिन्छ।’

पुलका साडइ इन्चार्ज इन्जिनियर रामकुमार देवले भने ५० प्रतिशत काम गर्न बाँकी रहेको बताए। समयमै कामलाई तीव्रता दिने हो भने यस आवमा सम्पन्न हुन सक्ने उनको भनाइ छ। उनका अनुसार निर्माण कम्पनीले ६० प्रतिशत रकम भुक्तानी लिइसकेको छ। बाँकी रकम काम सम्पन्न गरिसकेपछि भुक्तानी गरिने उनले बताए।

काम सुस्त गतिमा अगाडि बढ्दा स्थानीयले भने अनुगमनको जिम्मा पाएको डिभिजन र जिल्ला प्रशासनको मिलेमतो रहेको आरोप लगाएका छन्। स्थानीयले नियमन निकायले कडाइ नगर्दा पुल अनिश्चित बनेको बताएका छन्। सँगै निर्माण सुरु भएको त्रियुगा नगरपालिका ८ र ९ लाई जोड्ने अर्ना खोला पक्कीपुल सञ्चालनमा आएको ४ वर्ष बितिसक्दासमेत निर्माणाधीन पुल अलपत्र पर्नु प्रशासनिक निकायको कमजोरी भएको स्थानीय सुवास निरौलाको आरोप छ।

दुवै पुल आव ०६९-७० सम्ममा सम्पन्न गर्ने गरी एकसाथ बोलपत्र आह्वान स्वीकृत भई सम्झौता भएको थियो। ५० मिटर लम्बाइ र साढे सात मिटर चौडाइ भएको फर्सेट खोलाको पुलको बजेट २ करोड ३३ लाख रुपैयाँ छ। पुल नहँुदा बर्खामा सदरमुकाम आवत-जावत गर्नसमेत स्थानीयलाई सास्ती हुने गरेको छ। कतिपय भने जोखिम मोलेरै भए पनि खोला तरेर आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.