संशोधन विधेयक संसद्‌मा पेश भए अवरोध गर्ने एमालेसहित नौ दलको निर्णय

संशोधन विधेयक संसद्‌मा पेश भए अवरोध गर्ने एमालेसहित नौ दलको निर्णय

काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेसहित नौ दलले संविधान संशोधन विधेयक संसद्‌मा पेश भए अवरोध गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार व्यवस्थापिका संसद्‌मा बोलाएको सर्वदलीय बैठकमा एमालेसहित नौ दलले यस्तो चेतावनी दिएका हुन।

यसअघि नेकपा एमाले संसदीय दलको बैठकले संविधान संशोधन विधेयक संसद्‌मा पेश गरे संसद अवरोध गर्ने निर्णय गरेको एमाले प्रमुख सचेक भानुभक्त ढकालले जानकारी दिए। उनले सरकार संशोधनमा गए स्थानीय निर्वाचनमा जटिलता उत्पन्‍न हुने बताउँदै स्थानीय निर्वाचनको विकल्प नरहेको बताए।

यो सँगै एमालेसहित नौ दल संशोधनको पक्षमा नदेखिएपछि सरकारले वैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन जटिल देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.