संसद् बैठक बिहीरबार दिउँसो ३ बजेसम्मका लागि स्थगित, संशोधन विधेयक पेश भएन
काठमाडौं: बुधबार बस्ने भनिएको व्यवस्थापिका संसद्को बैठक स्थगित भएको छ।
मधेसी मोर्चा र दलहरुबीच संविधान संशोधन विषयमा सहमति नजुटेपछि सभामुख ओनसरी घर्तीले अन्तिम पटक भन्दै संसद बैठक विहीबार दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरेकी हुन्।
आजको संसद् बैठकले संविधान संशोधन विधेयक पेश गर्ने सरकारको तयारी रहेको थियो। यसअघि मंगलबार पनि व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर स्थगित भएको थियो।