आन्दोलनको उपलब्धि जोगाउनै मुस्किल: उपप्रधानमन्त्री महरा

आन्दोलनको उपलब्धि जोगाउनै मुस्किल: उपप्रधानमन्त्री महरा

घोराही: सरकारका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आन्दोलनबाट आएको उपलब्धि जोगाउन मुस्किल भएको बताएका छन्।

बुधबार महोत्सवदेखि धर्मशाला उद्‌घाटन गर्न दाङ आइपुगेका अर्थमन्त्री महराले संविधान कार्यान्वयनको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा आउन नसक्दा प्राप्त उपलब्धिहरुको संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

उनले विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त संविधान सहितको उपलब्धिलाई बचाउन शान्ति र विकासमा लाग्नै पर्नेमा जोड दिए। उनले भने, 'अबको कार्यभार संविधानको सफल कार्यान्वयनका लागि चुनावलाई सफल पार्नु नै हो। यसकारण स्थानीय चुनाव गराउन सरकार दत्तचित्त भएर लागेको छ।'

मन्त्री महराले उपलब्धिहरुलाई संस्थागत गर्न नसके जटिल अवस्था सिर्जना हुन सक्नेतर्फ समेत संकेत गरे। उनले संविधान निमार्ण भए पनि त्यसले गति दिन नसकेको भन्दै संविधान कार्यान्वयनसँगै अब विकास र संबृद्धिमा ध्यान दिनुपर्ने बताए।

राजनितिक स्थिरतासँगै विकासले गति लिने भएको भन्दै राजनीतिक अस्थिरतालाई अन्त्य गर्नु पर्नेमा उनको जोड थियो। उनले भने 'अब सबै मिलेर उपलब्धि संस्थागत गर्दै गाउँ, समाज र देशको विकास गर्ने बेला आएको छ।'

मन्त्री महरा बुधबार महोत्सव उदघाटनदेखि धर्मशाला उद्‌घाटनसम्मका आधा दर्जन कार्यक्रममा सहभागी भएका थिए। उनले धारपानी मन्दिर परिसरमा घोराही-११ भरतपुर निवासी ध्रुवकुमार श्रेष्ठको परिवारले करिब एक करोडमा निर्माण गरेको धर्मशालाको उद्‌घाटन गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.