पार्टीलाई भोट तान्‍ने मेशिन बनाउने राप्रपा नेताको उद्‌घोष

 पार्टीलाई भोट तान्‍ने मेशिन बनाउने राप्रपा नेताको उद्‌घोष

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले अब पार्टीलाई भोट तान्‍ने मेशिन बनाउने उद्‌घोष गरकेा छन्। नव निर्वाचित अध्यक्ष तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उनीहरुले यस्तो उद्‌घोष गरेका हुन्।

'मैले पहिले पनि पार्टीलाई भोट तान्‍ने मेशिसन भनेको थिए,तर त्यसबेला विभाजन भयो, अहिले एक भएको छ।एकता महाधिवेशनले अहिले भवट तान्‍ने मेशिन बनाउने भावनालाई अगाडी सारेको छ।' पार्टी नेता पशुपति शमशेर राणाले भने।

नव निर्वाचित कमल थापाले पार्टीलाई नयाँ उचाइमा लैजाने बताए। उनले आफ्ना मुद्दाहरुलाई यही संविधानको परिधिभित्र रहेर स्थापित गर्ने दाबी गरे।

यस्तै निवर्तमान राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी कोही नेताको मात्र नभएर सम्पूर्ण कार्यकर्ताको भएको बताए।

नव निर्वाचित थापालाई पार्टीका सस्थापक नेता लोकेन्द्र बहादुर चन्दले सपथ गराएका थिए भने केन्द्रीय सदस्यहरुलाई अध्यक्ष थापाले सपथ ग्रहण गराएका थिए।

केनद्रीय सदस्यका लागि मंगलबार भएको मतदानको बुधबार बिहान ३ बजे गणना सकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.