राष्ट्र बैँकको मौद्रिक नीतिमा पुर्नविचार गर्न नाडा अटोमोबाइल्सको आग्रह
काठमाडौं: नाडा अटोमोबाइल्स एशोसिएशन नेपालले सवारीसाधनको क्षेत्रलाई खुम्च्याउने हिसाबले निजी प्रयोजनको लागि सवारीसाधनमा ऋण प्रवाह गर्दा सो सवारीको मुल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैँकले लगानी गर्न सक्ने नेपाल राष्ट्र बैँकको मौदि«क नीतिको अर्धवार्षिक समिक्षामा उल्लेख भएको सम्बन्धमो गम्भिर ध्यानाकर्षण गरेको छ।
देशको विकास गरि समृद्ध बनाउनको लागि सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहज बनाउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको विपरित कर्जा प्रवाहको सीमा मार्फत सवारीसाधन चढ्ने सर्वसाधारणको हकमा नै अंकुश लाग्ने गरी नीति ल्याएको भन्दै संघले ध्यानकर्षण गर्ने काम गरेको हो।
संघले यो आफैमा विरोधाभाषपूर्ण देखिने भन्दै तसर्थ मौदि«क नीतिको अर्धवार्षिक समिक्षा अन्तर्गत मौद्रिक नीति कार्यदिशाको देहायको ७१ नम्बरमा मा उल्लेखित निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गर्न सरोकारवाललाई आग्रह गरेको छ।
सोको सीमा निर्धारण गर्ने अधिकार ग्राहकको उचित पहिचान गरी सम्बन्धित बैँक तथा वित्तीय संस्थालाई नै दिँदा उपयुक्त हुने सुझाव सहित सो बमोजिम गर्न गराउनको लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैँक लगायत सम्बन्धित निकायहरुमा हार्दिक अनुरोध गरेको छ।