निर्वाचन नभए संविधानविरुद्ध जालझेल र बेइमानी: सर्वोच्च

 निर्वाचन नभए संविधानविरुद्ध जालझेल र बेइमानी: सर्वोच्च

काठमाडौं: सर्वोच्च अदालतले सरकारलाई एक वर्षभित्र तीनै तहको निर्वाचन नभए संविधान र लोकतन्त्रविरुद्ध जालझेल र बेइमानी हुने चेतावनी दिएको छ । संविधानले तोकेअनुरूप ०७४ साल माघ ७ भित्र संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघन प्रयास थाल्न पनि सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्वोच्चले कुन तहको निर्वाचन कसरी गर्ने भन्ने विषय राजनीतिक प्रश्न रहेकाले न्यायिक निर्णयमार्फत हस्तक्षेप गर्न नमिल्ने पनि सर्वोच्चले जनाएको छ । मुलुकमा २० वर्षसम्म स्थानीय निकायको निर्वाचन नभएका कारण लोकतान्त्रिक प्रणाली संकटमा परेको भन्दै दायर एक रिटमा व्याख्या गर्दै सर्वोच्चले आइतबार यस्तो चेतावनी दिएको हो ।

‘संविधानको धारा २९६ (१) को प्रावधानका दृष्टिले हेर्दासमेत ०७४ साल माघ ७ गते भित्र संक्रमणकाल अन्त्य गरी संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गरिनुपर्ने सरकारको संवैधानिक दायित्व रहेको छ’, न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिल सिन्हाको संयुक्त इजलासको फैसलामा भनिएको छ, ‘यो भन्दा बाहेक अन्यथा कुनै परिकल्पना गरियो भने त्यो संविधानप्रतिको जालझेल र बेइमानी हुनेछ ।

अहिलेको सन्दर्भमा संविधानद्वारा निर्धारित समय–सीमाभित्र सबै तहको निर्वाचन कार्य सम्पन्न गर्न सघन र सार्थक प्रयास अगाडि बढाउने कुरा नै सरकारको सर्वाधिक विषय बन्नुपर्ने संवैधानिक जिम्मेवारी सरकारले हरहालतमा पूरा गरिनुपर्ने वाञ्छनीय देखिन्छ ।’

 ७ माघ ०७४ सालभित्र संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघन प्रयास थाल्न पनि सर्वोच्चद्वारा सरकारको ध्यानाकर्षण ।

फैसलामा संविधानको पूर्ण कार्यान्वयनका लागि एक पर्षभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने आवश्यकता औंल्याइएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन नभई केन्द्रीय तहको निर्वाचनका लागि निर्वाचक मण्डलले पूर्णता नपाउने अवस्था रहे भएबाट पनि स्थानीय तहको निर्वाचन थप अपरिहार्य बनेको छ ।’

फैसलामार्फत सरकार संवैधानिक दायित्वबाट पन्छिन नमिल्नेतर्फ सर्वोच्चले सजग गराएको छ । यस्तै, लोकतन्त्रमा आवधिक निर्वाचन हुनु आवश्यक मात्र नभएर अनिवार्य रहेको तर्फसमेत सचेत गराइएको छ । ०५९ सालयता स्थानीय निकाय कर्मचारीको भरमा सञ्चालन गर्ने कार्यलाई सर्वोच्चले ‘मनोनीत लोकतन्त्र’ भनेको छ । स्थानीय निकायको माग राखेर अधिवक्ता डा.चन्द्रकाकान्त ज्ञवालीसहित ६ जनाले दायर गरेको रिटमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले यस्तो व्याख्या गरेको हो ।

संविधानको धारा ३०३ अनुरूप संक्रमणकालीन अवस्थाका लागि निर्वाचन कार्य सम्पन्न गर्न सरकार, निर्वाचन आयोग एवं दलहरू असफल भएको दाबीसहित गत वैशाखमा रिट दायर भएको थियो । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा प्राविधिक कारणले उक्त रिट खारेज भए पनि संविधानको रक्षाका लागि तीनै तहको निर्वाचन अनिवार्य रहेकोतर्फ सर्वोच्चले सरकारको ध्यानाकर्षण गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.