बहिरा विद्यार्थीले जिते ‘राष्ट्रपति कप’

बहिरा विद्यार्थीले जिते ‘राष्ट्रपति कप’

बागलुङ: नेपाली समाजमा बहिराहरू भन्नेबित्तिकै अझै पनि फरक तरिकाले हेर्ने प्रचलन छ । उनीहरूको अन्तर्निहित योग्यता, क्षमता, प्रतिभा र खेल कौशललाई आशाभन्दा बढी आशंका र कमजोर हिसाबले लिने गरिन्छ । तर, बागलुङ जिल्लामा आयोजित छैटौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि बहिरा बिद्यार्थीले जितेर सनसनी मच्चाएका छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रबाट छनोट भएर आएका ६६ विद्यालयका एक हजार दुई सयभन्दा बढी विद्यार्थीबीचको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई उछिन्दै धौलागिरि बहिरा आवासीय विद्यालयले उपाधि जित्न सफल भएको हो । बुधबार सम्पन्न प्रतियोगितामा पाँच स्वर्णसहित एक सय १५ अंक प्राप्त गरेर धौलागिरि बहिरा विद्यालयले उपाधि चुमेको जानकारी जिल्ला खेलकुद विकास समितिका कार्यालयसचिव भीमसेन शाक्यले दिए ।

उपाधिसँगै बहिरा विद्यालयले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपाधि विजेताले युवा तथा खेलकुद मन्त्रालयबाट समेत पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपाधि जितेपछि धौलागिरि बहिरा आवासीय विद्यालयका प्रधानाध्यापक मधुसूदन न्युरेले सांकेतिक भाषामा भने, ‘जिल्लाभरको प्रतिस्पर्धामा बहिरा विद्यार्थीको जितले बहिरालाई हेर्ने दृष्टिकोण र व्यवहारमा केही परिवर्तन ल्याउनेछ, यसले महŒवपूर्ण सन्देश दिन सफल भएको छ ।’

प्रतियोगितामा एक सय १२ अकंसहित सदरमुकामस्थित कालिका कन्या माध्यमिक विद्यालय दोस्रो भयो भने बलेवा नारायणस्थानको जनताधन मावि ९५ अकंसहित तेस्रो भयो । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विजयी विद्यार्थीलाई बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत रमेश ढकाल, जिल्ला शिक्षा कार्यालय बागलुङका शाखा अधिकृत लोकनाथ आचार्य र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले पुरस्कार वितरण गरेका थिए ।

जिल्लाबाट छनोट भएका खेलाडीहरूले अब पश्चिमाञ्चल क्षेत्रीयस्तरको छनोट खेलमा सहभागिता जनाउने जानकारी जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष परियारले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.