सिन्धु र एनआईबीएलबीच सम्झौता
काठमाडौ: सिन्धु विकास बैंकले सातौ वार्षिक साधारणसभाबाट पारित १०ः८ अनुपातको २० लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
सेयर निश्कासनका लागि बैंकले एनआईबीएल क्यापिटल मार्केट्सलाई धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव प्रधान र एनआईबीएल क्यापिटल मार्केट्सका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
बैंकको हाल चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रहेकोमा हकप्रद सेयर जारीपश्चात चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार पुग्नेछ ।