एनआईसी क्यापिटल धितोपत्र कारोबारमा
काठमाडौं: एनआईसी एसिया बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ (बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेसन तथा लगानी व्यवस्थापन) कार्य गर्ने अनुमति पाएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम सञ्चालन स्वीकृतिपश्चात लगानीकर्ताको मागलाई मध्यनजर राख्दै कम्पनीले नयाँ तथा ग्राहकमुखी मर्चेन्ट बैंकिङ तथा संस्थापक बैंकले प्रदान गर्दै आएको निक्षेप सदस्यको सेवा पनि प्रदान गर्नेछ ।