मालपोत कार्यालयमा घुस लिने तीनजना रंगेहात पक्राउ
काठमाडौं : मालपोत कार्यालया भक्तपुरमा घुस लिने दुई कर्मचारी र घुसका लागि विचौलियाको भूमिका निर्वाह गर्ने एक व्यक्ति रङ्गेहात पक्राउ परेका छन्।
मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहायक केशब खत्री र लेखा व्यवसायी बिष्णु निसुतुलाई अख्तितयार दुरुपयोग अनुसन्धान आयोगाबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
तीन जनाको मिलेमतोमा गुठीको नाममा रहेको र व्यक्तिले भोगचलन गरिरहेको जग्गा व्यक्तिको नाममा नामसारी गरिदिने भन्दै घुस मागेको गोप्य सूचना अख्तियारलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको अख्तियारले जारी गरेको विज्ञपितमा उल्लेख छ ।
पक्राउ परेका बुढाथोकीबाट घुस वापत लिएको तीन लाख र श्रोत नखुलेको एक लाख चार हजार पाँच सय रुयैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी खत्रीबाट घुस लिएको एक लाख र स्रोत नखुलेको २९ हजार पाँच सय साथै मतियारको भूमिका निर्वाहा गर्ने लेखा व्यवसायी विष्णु नितुसुबाट घुस लिएको एक लाख रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत् जानकारी गराएको छ।