बिजेपी नेतामाथि बलात्कार अभियोग
गुडगाउँ (भारत): भारतीय जनता पार्टीका नेता विजय जोलीबिरुद्ध उनकै पार्टीकी एक महिला नेतृले बलात्कार अभियोगमा उजुरी दर्ता गराएकी छन् ।
भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार दिल्लीकी ती महिलाले आफूलाई जोलीले पेयपदार्थमा नसालु पदार्थ सेवन गराई दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । भारतीय जनता पार्टीका तर्फबाट दिल्ली विधानसभामा साकेतबाट चुनाव जितिसकेका पूर्वएमएलए जोली भारतीय जनता पार्टीका प्रभावशाली नेता मानिन्छन् ।
ती महिलाका अनुसार जोलीले उनलाई एक रिसोर्टमा लगेर पेय पदार्थमा नसालु पदार्थ मिसाएर अर्धचेत बनाएर दुव्र्यवहार गरेका थिए । ती महिलाले प्रहरीसँग बताएअनुसार उनले जोलीलाई तीन वर्षदेखि चिनेकी हुन् ।
यसअघि जोलीले ती महिला र उनका पतिले आफूमाथि ब्ल्याकमेल गरिरहेको आरोप लगाएका थिए । ती महिला र उनका पतिबिरुद्ध प्रहरीमा मुद्दासमेत दर्ता भइसकेको थियो ।