एमालेको बुद्धि पलायो, अब संशोधन प्रस्ताव पारित हुन्छ : मन्सुर

एमालेको बुद्धि पलायो, अब संशोधन प्रस्ताव पारित हुन्छ : मन्सुर

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित हुने बताएका छन्।

बिहीबार रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस सनेता मन्सुरले भने, ‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ ।’

प्रमुख प्रतिपक्षी एमालेले प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै मन्सुरले थपे, ‘पहिला एमालेले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ।’

उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पारे ।

उनले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भूमिमा पाइला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिए । ‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ’, उनले भने ‘नेपाली कांग्रेसले पहल गरिरहेको छ, मधेशी जनतालाई मुलधारमा ल्याउनको लागि यो प्रस्ताव ल्याइएको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.