सेना दिवसको अवसरमा सरसफाइ र रक्तदान

सेना दिवसको अवसरमा सरसफाइ र रक्तदान

चरिकोट : नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रिको अवसरमा चरिकोटस्थित रणभिम गणले सदरमुकाम चरिकोट बजार सरसफाइ गरेको छ।

बजारवासीको वेवास्था र निर्माण ठेकेदारको लापरबाहीको कारण दुर्गन्धित बनेको सदरमुकामको दुर्गन्ध र धुलोलाई सफा गर्न सेना दिवसको अवसरमा रणभीम गण चरिकोटको अगुवाई गरेको हो।

रणभीम गण चरिकोटको अगुवाइमा त्रिपुरा ग्लोरियस एकेडेमी र निम्फा दोलखाले बिहीबार संयुक्त रुपमा नगर सरसफाइ गरेका छन्। बिहीबार बिहान चरिकोट सातदोबाटो आसपासका क्षेत्र तथा बसपार्कबाट सुरु गरी पशुपतिडाँडामा पुगेर सरसफाई अभियानको अन्त्य भएको थियो।

भीमेश्वर नगरपालिकाको दमकल प्रयोग गरी सदरमुकाम चरिकोटको सातदोबाटो क्षेत्रको दुलोलाई बगाइएको थियो।

रणभिम गण चरिकोटको करिब दुई सय, त्रिपुरा ग्लोरियस एकेडेमी ४५ र निम्फा को करिब ४० जनाको सहभागितामा बजार सरसफाइ गरिएको रणभीम गण चरिकोटका मेजर अमृत लामाले जानकारी दिए।

यता सेना दिवसकै अवसरमा रणभीम गणले रक्तदान कार्यक्रम पनि गरेको थियो। रक्तदान कार्यक्रममा १० जना भन्दा माथिले रक्तदान गरेका छन्। नगर सरसफाई कार्यक्रममा दोलखाका कार्यालय प्रमुख, पत्रकार, नागरिक समाज, त्रिपुरा ग्लोरियस एकेडेमीका शिक्षकलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.