'निःशुल्कको नाममा डेढ लाख असुल्छन् दलाल'

'निःशुल्कको नाममा डेढ लाख असुल्छन् दलाल'


क्वालालम्पुर (मलेसिया): मलेसियामा निःशुल्क कामदार पठाउने सरकारी घोषणाविपरीत डेढ लाखसम्म रकम असुली गर्दै आएको पाइएको छ। मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यातले रकम असुली गर्नुमा श्रम विभाग र प्रहरीको संलग्नता रहेको आरोप लगाए।

म्यानपावर व्यवसायीले प्रतिकामदार ८० हजार रुपैयाँसम्म असुल गरी वैदेशिक रोजगारीका लागि मलेसिया पठाउन थालेपछि सरकारले निःशुल्क पठाउने निर्णय गरेको थियो।निःशुल्क पठाउने निर्णयपछि रकम असुली झन् दोब्बरले वृद्धि हँदासमेत सरकार मौन रहेको उनले बताए।

अधिकांश कम्पनीले अहिले पनि खुलेआम डेढ लाख रुपैयाँसम्म लिएर वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने गरेको दूतावासको दाबी छ। रोजगारका लागि मलेसिया हिँडेका सप्तरीका एक युवाले आफूले एक लाख ४० हजार बुझाएको अन्नपूर्णलाई जानकारी दिए। कम्पनीले रकम बुझेको भौचर नदिने र एजेन्टले रकमबारे कसैलाई नभन्न चेतावनी दिएको उनले बताए।


सुरुमा बैंककबाट हेरिँदै आएको दूतावासको काम सन २००३ यता मलेसियाबाटै हेर्न थालिएको छ।


वैदेशिक रोजगार विभागकी सूचना अधिकारी रमा भट्टराईले भने अनुगमन गर्दै आएको बताइन्। उनले भनिन्, ‘पैसा तिर्नुअघि जानकारी नदिने, विदेश पुगेर काम राम्रो नपाए मात्र उजुरी दिने गरेकाले कार्यान्वयन गर्न समस्या आएको हो।'

रकम बुझाएको बिल नहुने, आधिकारिक रूपमा पैसा नदिने, रकम बुझाउँदा सम्बन्धित निकायमा नबुझाई दलाललाई बुझाउने गर्नाले म्यानपावरलाई कारबाही गर्न नसकिएको उनले बताइन्।

विभागले गत वर्ष एक सय ५० संस्था अनुगमन गरे पनि कमजोरी पत्ता लगाउन नसकिएको विभागले जनाएको छ।रकम असुलिँदै आएको जानकारी सरकारलाई गराइए पनि अनुगमन नभएको दूतावासको गुनासो छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार आएका छन्। ‘नेपाली कामदारलाई विदेशीले होइन, नेपालीले नै ठग्ने गरेका छन्।गृह मन्त्रालय र श्रम मन्त्रालयलाई कडाइसाथ अनुगमन गर्न पत्राचार गरिए पनि कार्यान्वयन भएको छैन', राजदूत बस्न्यातले अन्नपूर्णसँग भने।

मलेसियाका नेपाली कामदारको सुरक्षाका लागि नीतिगत कठिनाइ समाधान गर्न पटक-पटक जानकारी गराए पनि सरकारले चासो नदेखाउँदा कामदारको सुरक्षा र हितमा दूतावासले पनि काम गर्न नसकेको उनको भनाइ छ।अधिकांश कम्पनीले अहिले पनि खुलेआम डेढ लाखसम्म रकम लिएर वैदेशिक रोगजारीका लागि मलेसिया पठाउने गरेको दूतावासको दाबी छ। श्रम विभागका कर्मचारीकै मिलेमतोमा रकम असुल गरिने र प्रहरीले पनि निगरानी नबढाउँदा कामदार ठगीधन्दा मौलाएको उनले दाबी गरे।

कामदारका पक्षमा प्रभावकारी कदम नचालिनु एवं श्रम विभागकै कर्मचारीको मिलेमतोमा ठगीधन्दा चल्दा पनि सरकारले अनुगमन नगरिनु दुःखद भएको उनले बताए।अहिलेसम्म मलेसियामा १० लाख ५६ हजार नेपाली कामदार भित्रिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

६ लाख कामदार मलेसियामा रहेको र करिब दैनिक तीन सय कामदार नेपाल फर्कन दूतावास आउने गरेका छन्। वैदेशिक रोजगारीका लागि मलेसिया आउनेको संख्या पनि उत्तिकै रहेको दूतावासको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.