संसद बैठकमा सांसदका ताल ! स्कुलको प्लानिङदेखि सपना देख्नेसम्म (फोटोफिचर)
काठमाडौं : व्यवस्थापिका संसदमा जनप्रतिनिधिले के गर्नुपर्छ ? साधारण नागरिकले पनि सहजै जवाफ दिन्छन्, ‘व्यक्तिगत स्वार्थको काम नगरी जनताका काम गर्नुपर्छ।’ त्यत्ति मात्र होइन सांसदका आफ्नै मर्यादा हुन्छन्। फोन ‘साइलेन्ट’ मोडमा राख्नुपर्छ, मर्यादित भएर बस्नुपर्छ, सुत्नु अर्थात् निदाउनु हुँदैन। तर, हाम्रा जनप्रतिधिले बिहीबारको संसद् बैठकमा जे नगर्नु पर्ने हो त्यही गरेको देखियो। तिनै दृश्यलाई अन्नपूर्णका फोटो पत्रकार रजेन्द्र केसीले आफ्नो क्यामेरामा कैद गरेका छन्।