सर्वोच्च अदालतमा पत्रकारमाथि दुर्व्यवहार
काठमाडौं: आईजीपी विवादमा सूचना संकलनका लागि सर्वोच्च अदालत पुग्ने सञ्चारकर्मी बारम्बार न्यायिक प्रहरीबाट दुव्र्यवहारको सिकार भएका छन् ।
सर्वोच्च प्रशासनले जारी गरेको प्रेस पास देखाउँदासमेत ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले सर्वोच्चको मूलगेटमै लाममा उभ्याएर सूचनाको प्रयोजन र कारण सोध्ने गर्छन् ।
‘किन सूचना चाहियो, कोबाट लिने ? कसलाई भेट्ने ? किन भेट्ने ? आफ्नै अफिसमा बसेर रिपोर्टिङ गरे भैहाल्यो नि, यहाँ किन आउनुप¥यो ? जस्ता प्रश्न सोधेर बारम्बार दुव्र्यवहार गर्छन् । बिहीबारै पनि त्यही नियति खेप्नुप¥यो’, आईजीपी विवादमा रिपोर्टिङका लागि सर्वोच्च पुगेका नयाँ पत्रिकाका निराजन पौडेलले भने, ‘सर्वोच्चको प्रेस पास देखाउँदा पनि लाममा उभ्याएर खानतलासी गरेर हैरान पारे ।’
बिहीबार मात्रै सुरक्षाकर्मीले असमान व्यवहार गरेको विषयमा पत्रकारले प्रहरी र सर्वोच्च प्रशासनसमक्ष गुनासो गरेका थिए । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष रहेका अधिवक्ता लीलाधर उपाध्यायले न्यायिक प्रहरीबाटै बारम्बार दुव्र्यवहार हुनु दुःखद् विषय रहेको भन्दै न्यायालयमा निर्वाध रूपमा सूचनाको हक सुनिश्चित हुनुपर्ने बताए ।