‘क्रिकेटमा टसको महत्व छैन’ 

‘क्रिकेटमा टसको महत्व छैन’ 

पुने: टस प्रथाको अन्त्य गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका अस्ट्रेलियन क्रिकेट टोलीका प्रशिक्षक ड्यारेन लेहम्यानले भारतविरुद्धको टेस्ट शृंखलामा टसले कुनै असर नपार्ने बताएका छन् । बिहीबारदेखि पुनेमा सुरु हुन लागेको भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्टको पूर्वसन्ध्यामा प्रशिक्षक लेहम्यानले शृंखलामा टेस्टले कुनै असर नपार्ने बताएका हुन् ।

भारत भ्रमणमा रहेको अस्ट्रेलियाले चार टेस्ट खेल्ने कार्यक्रम छ । पहिलो टेस्ट फेब्रुअरी २३ देखि २७ तारिखसम्म पुनेमा हुनेछ भने दोस्रो टेस्ट मार्च ४ देखि ८ सम्म बेंलोरमा, तेस्रो टेस्ट मार्च १६ देखि २० सम्म राँचीमा र चौथो टेस्ट मार्च २५ देखि २९ तारिखसम्म धर्मशालामा आयोजना हुनेछ ।‘पछिल्लो पटक हामी भारत आउँदा चारपटक टस जितेका थियौं र चारै खेल हारेर शृंखला ४–० ले गुमाएका थियौं । त्यसैले टस जितेरमात्र हुँदैन, टस जितेपछि राम्रो पनि खेल्नुपर्छ’, लेहम्यानले भने ।

लेहम्यानले टसको विषयलाई लिएर यसअघि पनि टिप्पणी गर्दै आएका छन् । उनले टस नगरी पाहुना टोलीले ब्याटिङ गर्ने कि फिल्डिङ त्यसको निर्णय गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् । ‘टसका बारेमा मैले स्पष्ट रूपमै भनिसकेको छु कि यो प्रथालाई अन्त्य हुनुपर्छ । चाहे भारतमा होस् या अस्ट्रेलिया, मैले टसको सदैव विरोध गर्दै आएको छु’, लेहम्यानले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन् ।

लेहम्यानले टस नगरी पाहुना टोलीलाई ब्याटिङ अथवा फिल्डिङको अधिकार दिँदा शक्ति सन्तुलन हुने दाबी गरेका छन् । घरेलु टोलीले आफू अनुकूल पिच तयार गर्ने भएकाले ब्याटिङ वा फिल्डिङको अधिकार पाहुना टोलीलाई दिँदा शक्ति सन्तुलन हुने लेहम्यानको विश्वास छ । अस्ट्रेलियाका प्रशिक्षक लेहम्यानले मात्र होइन, अस्ट्रेलियाकै पूर्वकप्तान रिकी पोन्टिङ र शेन वार्नले पनि टसको विकल्प खोजिनु पर्ने बताउँदै आएका छन् । यसैगरी इङ्ल्यान्डका केभिन पिटर्सन र इयान बोथमले पनि खुलेरै टस प्रथाको अन्त्यको पक्षमा आवाज उठाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.