मन्दिर उद्घाटन गर्न हेलिकोप्टर चार्टर

मन्दिर उद्घाटन गर्न हेलिकोप्टर चार्टर

दमक: झापाको शिवसताक्षी–७ मा रहेको नर्वदेश्वर द्वादश ज्योतिलिंग मन्दिरको उद्घाटनका लागि हेलिकोप्टर चार्टर गरिएको छ। हेलिकोप्टरबाट जल तथा पुष्पवृष्टिसहित मन्दिरको बिहीबार उद्घाटन गरिएको हो ।

हरिद्वार भारतबाट गंगाजल र पशुपतिनाथबाट ल्याइएको पुष्पमालासहित आकाशमाथिबाटै मन्दिर परिसरमा वृष्टि गराइएको थियो । उद्घाटनका लागि फिस्टेल एयरको हेलिकोप्टर तीन लाख रुपैयाँमा चार्टर गरी काठमाडाैंबाट ल्याइएको थियो । पुष्प तथा जल वृष्टिपछि हेलिकोप्टरमा काठमाडाैंदेखि आएका अनन्त श्री विभुषित तपोमूर्ति  धर्मरत्न गोपालशरण देवाचार्य , वेदाचार्य मेदिनीपति मिश्रा, अनन्त श्री स्वरुपानन्द महाराज लगायतका विशिष्ट सन्तहरुले मन्दिरमा पूजा अर्चना गरे।

हेलिकोप्टरमा सताक्षीधाम परिसरमा रहेको गोलोक गोर्बधन गौशालाका अध्यक्ष आर्चाय नन्दकिशोर भारद्धाजले आफ्नो ब्यक्तिगत लगानीमा हेलिकोप्टर चार्टर गरी विशिष्ट साधुसन्तद्वारा मन्दिरको उद्घाटन गराएका हुन् ।उनले भने– ‘म यो पवित्र धामको विकास र धर्मको संरक्षणका लागि सदा तत्पर छु । प्रचार प्रसार होस् भनेरै मैले यो पवित्र भूमिलाई कर्मथलो बनाएको छु। ’

नेपालकै इतिहासमा पहिलो पटक नर्वदेश्वर द्वादश ज्योर्तिलिंग एवं शिवगणसहितको मन्दिरको स्थापना भएको उनले बताए । मन्दिर विभिन्न दाताको सहयोगमा ३७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। धाम परिसरमा देशविदेशका संत तथा महापुरुषहरुद्वारा शिवतत्वको महिमाबारेमा प्रवचन हुनेछ । त्यस्तै बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, सामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकी, कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे लगायतले धामको अवलोकन गरे। 

उनीहरुले धामको विकासका लागि विजुली, बाटो निर्माण गरिदिने आश्वासनसमेत दिए। सताक्षीधाम बिकास समितिका अध्यक्ष प्रसाद सुब्बाले सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागि परेको बताए। सबै धर्मका लागि सताक्षीधामलाई आस्थाको केन्द्र बनाउने पनि उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.