शिवरात्रिमा नेपाल टेलिकमको नयाँ अफर

शिवरात्रिमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं: नेपाल टेलिकमले शिवरात्रिको अवसरमा ‘फेस्टिभल अफर’ योजना ल्याएको छ । उक्त योजनामा उपभोक्ताले डाटा बन्डल प्याकेजअन्तर्गत ७६ रुपैयाँमा १०० एमबी डाटा र बोनसका रूपमा १०० एमबी नै युट्युब डाटा प्याक पाउनेछन् ।यो प्याक १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तैगरी एक सय ५० रुपैयाँमा दुई सय एमबी डाटा खरिद गर्दा उपभोक्ताले बोनसका रूपमा दुई सय एमबी नै युट्युब डाटा प्याक प्राप्त गर्नेछन् । यो प्याक ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो सेवा प्रयोग गर्नेले १०० एमबी बोनसका लागि यू१०० र २०० एमबीका लागि यू२०० टाइप गरी १४१५ एसएमएस गर्नुपर्नेछ ।

साथै टेलिकमले फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनका लागि १०० एमबी फेसबुक प्याकेज पनि उपलब्ध गराएको छ । यो सेवा प्राप्त गर्न फेसबुक टाइप गरी १४१५मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ । यो फेस्टिभल अफर शुक्रबारबाट सुरु भएर फागुन २७ गतेसम्म लागू हुनेछ । टेलिकमले माथि उल्लेख गरेको शुल्क करसहित रहेको जनाएको छ । यो प्याकेज फोर जी सेवाग्राहीका लागि बढी उपयोगी हुने टेलिकमको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.