सनराइजको अगुवाइमा अन्नपूर्ण केबलकार

सनराइजको अगुवाइमा अन्नपूर्ण केबलकार

काठमाडौं: सनराइज बैंक लिमिटेडको अगुवाइ तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहवित्तीयकरणमा अन्नपूर्ण केबलकार परियोजना अघि बढ्ने भएको छ ।

सहवित्तीयकरणमा लगानी गरी कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको २.३ किलोमिटर लामो केबलकार परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त परियोजना प्रतिष्ठित व्यवसायी कालु गुरुङ तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराको प्रवद्र्धनमा अन्नपूर्ण केबलकार प्रालिले निर्माण गर्न लागेको हो ।

८९ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनामा बैंकहरूले ६६ करोड लगानी गर्नेछन् । आयोजना सम्पन्न भएपछि पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.