बजाजको पल्सर एनएस १६० सार्वजनिक

बजाजको पल्सर एनएस १६० सार्वजनिक

काठमाडौं: बजाजले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन पल्सर एनएस १६० सार्वजनिक गरेको छ । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता एचएच बजाजले नयाँ एनएस १६० नेपालमा भिœयाएको हो । नेपालमा लोकप्रिय बजाज पल्सरको नयाँ उत्पादनले छोटो सयममै नेपालीको विश्वास जित्ने कम्पनीले जनाएको छ ।

पल्सर एनएस १६० मा अल न्यु डीटीएसआई १६०.३ सीसीको आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्नेछ । प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, स्याफिर ब्लु र मिक्स्ड स्टेन ब्ल्याक गरी चार कलरमा उपलब्ध पल्सर एनएस १६० बजाजका नेपालभर रहेका सो–रुममा उपलब्ध छ ।

कम्पनीका अनुसार यसको सुरु मूल्य दुई लाख ५९ हजार नौ सय तोकिएको छ । हंसराज हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले कार्यक्रममा बोल्दै बजाजका मोटरसाइकल उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट इन्जिन क्षमतामा रहेको बताए । ‘यो पल्सरको नयाँ सदस्य हो, हामी यस क्षेत्रमा नयाँ कन्सेप्टका साथ आएका छौं’, उनले भने, ‘पल्सर एनएस १६०ले चालकको अपेक्षालाई पूरा गर्दै पावर टु प्ले भन्ने मूल मन्त्रलाई अंगिकार गरेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.