हाम्रो पात्रो अब आईप्याड र एप्पल वाचमा

हाम्रो पात्रो अब आईप्याड र एप्पल वाचमा

काठमाडौं: हाम्रो पात्रो अब आईओएस प्रणालीमा फरक विशेषताका साथ आएको छ । केही नयाँ अनुभूति र विशेषता प्रदान गर्ने प्रयास स्वरुप ‘हाम्रो पात्रो’को आईओएस भर्सन सार्वजनिक भएको हो । सरल, आकर्षक अनि नयाँ विशेषतामा आएको हाम्रो पात्रोको आईओएसका प्रयोगकर्ताले फरक अनुभव गर्नेछन् ।

हाम्रो पात्रोका संस्थापक तथा निर्माता शंकर उप्रेतीका अनुसार नयाँ अपडेटले एप्लिकेसन प्रयोगका क्रममा प्रयोगकर्तालाई फरक अनुभूति दिनेछ । ईओएसका ग्राहकलाई लक्षित गरी ल्याइएको यसको नयाँ शैली छिटो, सरल र आकर्षक डिजाइनमा रहेको उनले उल्लेख गरे ।

‘हाम्रा लाखौं आदरणीय प्रयोगकर्ताले दिनुभएको सुझाव र प्रतिक्रियाका आधारमा लामो अध्ययन र अनुसन्धानपछि यसपटकको अपडेट सम्भव भएको हो’, उनले भने, ‘यसलाई स्क्रोल गर्दा ६० फ्रेम प्रतिसेकेन्डको गतिमा स्क्रिन तलमाथि सर्छ ।’ पछिल्लो अपडेटसँगै हाम्रो पात्रो एप्पल वाचमा नेपालकै पहिलो एप्लिकेसनका रूपमा सार्वजनिक भएको हो ।

नयाँ अपडेटसँगै एप्पल वाचका प्रयोगकर्ताले हाम्रो पात्रो प्रयोग गर्न सक्नेछन् । हाम्रो पात्रोको नयाँ अपडेटले आईप्याडलाई विशेष प्राथमिकतामा राखेको जनाइएको छ । कम्पनीले आईप्याड प्रयोगकर्तालाई हाम्रो पात्रोसँगै ताजा समाचारलाई एउटै स्क्रिनमा राखेको छ जुन आकर्षक डिजाइनमा देखिन्छ ।

कम्पनीले ताजा समाचारलाई अझ व्यवस्थित र आकर्षक बनाएको जनाएको छ । यसका प्रयोग गरिएको समाचारको डिजाइन, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्वीर तथा अडियो क्वालिटीसहितका अनलाइन रेडियोलगायत एन्ड्रोइडमा भएका सम्पूर्ण सुविधालाई यसले समेटेको छ । यसमा समचारलाई व्यवस्थित पारिएको छ । समाचारलाई दायाँ बायाँ सारेर हेर्न मिल्ने गरी व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.