साैन्दर्य व्यवसायमा बढ्दो आकर्षण

साैन्दर्य व्यवसायमा बढ्दो आकर्षण

विदुुुुर: पछिल्लो समय सौन्दर्य पेसाप्रति आकर्षित हुुुुनेको संख्या बढ्दै गएको छ । नुुुुवाकोटको विदुुुुर नगरपालिकाका भित्री बजार तथा अन्य स्थानमा सौन्दर्यकर्मीको संख्या बढ्दै गएको हो ।

सुुुुन्दरता र सरसफाइप्रति मानिसको चासो बढ्दै जाँदा उक्त पेसाप्रतिको आकर्षण बढ्दै गएको सौन्दर्यकर्मी व्यवसायी संघ नुुुुवाकोटकी अध्यक्ष वृन्दा श्रेष्ठले बताइन् । नुुुुवाकोटको बट्टार बजारमा १५ वर्षदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी श्रेष्ठले हालसम्म नुुुुवाकोटमा अग्रणी सौन्दर्यकर्मीका रूपमा दुुुुई सय युुुुवती तथा महिलालाई सौन्दर्यसम्बन्धी प्रशिक्षण दिएको बताइन् ।

पछिल्लो एक दशकदेखि नुुुुवाकोटमा सौन्दर्य व्यवसायप्रति महिला आकर्षित हुुुुन थालेको उनको भनाइ छ । विदुुुुर, बट्टार, त्रिशूली, कोलोनी, बेत्रावति, देवीघाट, ढिकुुुुरेलगायतका ठाउँमा ३० जना जतिले सौन्दर्य व्यवसाय सुुुुरु गरेका छन् । ब्युुुुटिपार्लरमा महिला, युुुुवती, गृहिणी, कर्मचारी, विद्यार्थीको चाप बढिरहेको अर्की सौन्दर्यकर्मी उर्मिला अर्यालले बताइन् । उनका अनुुुुसार नुुुुवाकोटमा सञ्चालनमा रहेका सौन्दर्यकर्मी व्यवसायीले राष्ट्रियस्तरको प्रशिक्षण लिएर पेसामा लागेका हुन् ।

नुुुुवाकोटका महिला तथा युुुुवतीको मागलाई ध्यानमा राखेर मध्यमाञ्चल इलम प्रशिक्षण केन्द्रको अगुुुुवाइमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा तीन महिने सहायक ब्युुुुटिसियन तालिम सञ्चालन गरिएको छ । बट्टारमा रहेको वृन्दा ब्युटिपार्लरमा सञ्चालन गरिएको सो तालिममा नुुुुवाकोटका २१ जना युुुुवती तथा महिलाको सहभागिता छ ।

सहभागीले वृन्दा श्रेष्ठबाट हेयर कटिङ, फेसियल, थ्रेडिङ, ब्राइडर मेकअप, मेडिकेयर फेडिकेयरलगायतको सीप सिकिरहेका छन् । युुुुवा शक्तिको बढ्दो विदेश पलायनलाई सौन्दर्य व्यवसायले केही हदसम्म रोकेको तालिममा सहभागी तुुुुप्चे गाविस वडा नं. ८ की अनीता बाँनियाले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.