सुुुुरक्षाका लागि सीसीटीभी

सुुुुरक्षाका लागि सीसीटीभी

मुुुुसीकोट: समयक्रम अनुुुुसार भइरहेको विकासको प्रभाव जिल्ला सदरमुुुुकामका केही पसलमा पनि देख्न सकिन्छ । व्यवसायलाई आधुुुुनिक र सुुुुविधासम्पन्न बनाउन तथा सुुरक्षाका लागि यहाँका व्यवसायीले पसल–पसलमा सीसीटीभी जडान गरेका छन् ।

सदरमुुुुकाम खलंगा बजारमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका कर्णबहादुुुुर ओलीले दुुुुई महिनाअघि झन्डै ७० हजारको लागतमा सीसीटीभी जडान गरेपछि पसलमा के–कसरी काम भइरहेको छ त्यसबारे जानकारी लिन सजिलो भएको बताए । ‘मलाई यो प्रविधि जोडेपछि निकै सजिलो भएको छ’, ओली भन्छन्, ‘दिनभरी के कसरी काम भयो त्यसबारे साँझपख सीसीटीभी फुुुुटेज हेरेर मुुुुल्यांकन गर्छुु ।

यसैगरी खलंगा बजारकै अनमोल संगीत सेन्टरका प्रोप्राइटर शिव श्रेष्ठले पनि सीसीटीभी जडान गरेपछि ६ महिनायता सामान हराउने समस्या नभएको बताए । ‘मैले ७५ हजारमा सीसीटीभी जोडे । अहिले पसलको सुुुुरक्षा भएको छ’, श्रेष्ठ भन्छन्, ‘दिनभरीको काम कसरी भयो, कही कतै गल्ती भयो कि भनेर शंका लागेमा फुुुुटेज हेर्छुुुु ।’

त्यस्तै राप्ती अपसेट प्रेसका डम्बर केसी पनि पसलको सुुुुरक्षा गर्न प्रविधिले सहज बनाएको धारणा राख्छन् । केही समयअघि पसलबाट समान हराउँदा सीसीटीभी हेरेर चोर पत्ता लागेको अनुुुुभव पनि छ केसीसँग । ‘सामान चोरी भएको शंका लागेपछि सीसीटीभी फुुुुटेज हेरेर चोरी भएको समान फिर्ता आयो’, केसी भन्छन्, ‘पहिलोपल्ट नेपालगन्जमा यो प्रविधि देखेपछि नै मलाई जडान गर्ने रहर लागेको थियो । त्यो रहर मैले एक वर्षअघि पूरा गरेँ । आफू जहाँ भए पनि इन्टरनेटमार्फत एन्ड्रोइड मोबाइलमा हर्न सकिने भएकाले पसलमा बसिरहनुुुु नपर्ने केसीको भनाइ छ ।

यसरी जिल्लाका एक दर्जनभन्दा बढी पसलेले सीसीटीभी जडान गरेको बताए । मोबाइलमा इन्टरनेट कनेक्सन गरी पसलमा भइरहेका गतिविधि नियाल्न सकिने र हरेक दिनको रेकर्ड सुुुुरक्षित रहने भएकाले सीसीटीभीप्रति व्यवसायीको आकर्षण बढ्दो छ । कम्तीमा ५० हजार लाग्ने यो प्रविधिको क्यामेरा अनुुसार खर्च बढ्दै जाने उनीहरू बताउँछन् । पसलसँगै जिल्लामा सेवा दिइरहेका बैंकले पनि सीसीटीभी जोडेका छन् । पहिला रहरले जोडियो अहिले आवश्यक भएको भनाइ छ दिलिप स्टेसनरीका प्रोप्राइटर रिमबहादुुुुर केसीको ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.