सिटिजन्सलाई सेयर निष्कासन अनुमति
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटडको दसौं वार्षिक साधारणसभाबाट निर्णय भएबमोजिम बैंकले १०ः२.५ (अर्थात् २५ प्रतिशत) को अनुपातमा एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर निष्कासन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेकोमा बोर्डले बिहीबार स्वीकृति प्रदान गरेको हो ।
बैंकले सो हकप्रद सेयर आगामी चैत्र महिनाबाट जारी गरी २०७४ साल वैशाखाभित्र पुँजी संकलन गरिसक्ने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा हकप्रद सेयर जारी गरेपश्चात चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार सात सय हुने बैंकले जनाएको छ ।