हलिउडमा उदाउँदै अमृता

हलिउडमा उदाउँदै अमृता

नेपाली युवतीका लागि हलिउड सपना केवल कल्पनामात्रै हुन सक्छ । तर नेपालमा जन्मिएकी अमृता आचार्यले हलिउडमा आफूलाई चिनाउन सफल भएकी छन् । नाम, दाम अनि कामका लागि कहलिएको हलिउडलाई लक्ष्य बनाउनेहरूको संख्या संसारमा कमी छैन । तर नेपाली रजतपटमा क्रियाशील अभिनेता अभिनेत्रीले भने त्यो सपना देख्दा पनि देख्दैन । देखेका पनि छैनन् । तर अमृता कसरी हलिउडमा चिनिन पुगिन् त ?

नेपाली बाबु प्राडा गणेश आचार्य र युक्रेनी आमा आर्किटेक्ट लारिसा आचार्यको सन्तानको रूपमा जन्मिएकी अमृता ६ वर्षको उमेरमै अभिभावकका साथमा बेलायत गएकी थिइन् । बेलायत गएको केही समयपछि आचार्य परिवार नर्वेमा बसाइ सरेको थियो । विभिन्न मुलुकमा हुर्कने अवसर पाएकाले अमृता युक्रेनियन, रुसी, नर्वेजियन, अंग्रेजीलगायतका भाषा राम्रो बोल्छिन् । नेपाली समाज र संस्कृतिलाई पनि उनले बिर्सेकी छैनन् ।

नर्वेबाट विद्यालय शिक्षा पूरा गरेपछि आफ्नोे रुचिको क्षेत्र अभिनयमा करियर बनाउन उनी पुनः बेलायत लागिन् । लन्डनस्थित एकेडेमी अफ लाइभ एन्ड रेकडेर्ड आर्ट्स (एएलआरए) बाट नाटक अभिनय कलामा स्नातक गरिन् । अमृताले आफ्नो अभिनयको सुरुवाती दिनमा केही नाटक र स्टेज शोमा पनि काम गरी अनुभव सँगालेकी छन् ।

२६ वर्षीया अमृता हिजोआज बेलायती टेलिभिजन आईटीभीको मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’का कारण चर्चामा छिन् । बेलायती र भारतीय चिकित्सकहरूको सेरोफेरोमा बनेको उक्त सिरियलमा उनले डा. रुवि वाकरका रूपमा मुख्य भूमिकामा अभिनय गरेकी छन् । फेब्रुअरी ५ बाट सुरु भएको यो सिरियल मार्च १२ सम्म प्रसारण हुनेछ । सीमित स्रोतसाधनमा काम गर्नुपर्ने भारतीय अस्पताल, त्यहाँको काम अनि जीवन र मायाको यथार्थसँग जुधिरहेकी डाक्टरको कथालाई यस सिरियलमा देखाउन खोजिएको छ ।

२६ वर्षीया अमृता आचार्य हिजोआज बेलायती टेलिभिजन आईटीभीको मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’का कारण चर्चामा छिन् । सन् २०१३ मा आक्समेन डटकमले सार्वजनिक गरेको संसारका सबैभन्दा आकर्षक ९९ महिलाको सूचीमा अमृता आचार्य पनि परेकी थिइन् ।

अमेरिकी टेलिभिजन एचबीओले प्रसारण गरेको सिरियल ‘गेम अफ थ्रोन्स’मा अमृताले अभिनय गरेको एकजना रानीकी सुसारे इर्रको भूमिकालाई पनि धेरै दर्शकले मन पराएका थिए । त्यस्तै सन् २०११ मा बीबीसीको ल्यापल्यान्ड शोमासमेत काम गरेकी उनले ‘द डेभिल्स डबल’नामक जीवनीमा आधारित चलचित्रमा विद्यालय पढ्ने छात्राको भूमिका निर्वाह गरेकी छन् । त्यस्तै नर्वेली चलचित्र ‘आई एम योर्स’ नामक नर्वेली चलचित्रमा पनि उनले अभिनय गरिन् । सो चलचित्र सन् २०१३ मा ओस्कारमा मनोनयनमा परेको थियो ।

अमृता अभिनीत अर्को नर्वेली चलचित्र ‘डेड स्नो २’ अमेरिकी सुनडान्स फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो । सन २०१३ मा आक्समेन डटकमले सार्वजनिक गरेको संसारका सबैभन्दा आकर्षक ९९ महिलाको सूचीमा अमृता पनि परेकी थिइन् । बेलायती रोमान्टिक कमेडी अमर, अकबर र टोनीमा समेत अभिनय गरेकी अमृताको प्रतिभा र कामको प्रशंसा गदै केही दिनअघि बेलायती पत्रिका द सन्ले उनको बारेमा फिचर लेखेको थियो ।

प्रतिभाशाली अभिनेत्रीका रूपमा उदाएकी अमृता अभिनयमा जति दक्खल राख्छिन् सामाजिक कार्यमा पनि उनको त्यत्तिकै रुचि छ । २०७२ साल वैशाखमा नेपालमा गएको विनाशकारी भूकम्पमा परी क्षति भएका विद्यालयलाई सहयोग गर्न उनले लन्डनमा आयोजित म्याराथनमा सहभागी भई रकम संकलनसमेत गरेकी थिइन् । (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.