'फ्रान्सको रात सबभन्दा रमाइलो'

'फ्रान्सको रात सबभन्दा रमाइलो'

इरिस मिटेलाइर, मिस युुनिभर्स सन् २०१६

मिस युुनिभर्स सन् २०१६ को ताज जितेपछि इरिस मिटेलाइरको चर्चा र खोजी ह्वात्तै बढेको छ । जनवरी ३० मा फिलिपिन्सको मनिलामा सम्पन्न प्रतियोगितामा २४ वर्षीया इरिसले शीर्ष उपाधि चुुमेकी हुुन् । मिस फ्रान्स २०१६ की विजेता उनी चर्चित मोडेल पनि हुुन् । इरिस मिस युुनिभर्सको ताज जित्ने फ्रान्सकी दोस्रो व्यक्ति हुुन् ।

यसअघि सन् १९९३ मा क्रिस्टाइन मार्टेलले मिस युुनिभर्सको ताज चुुमेकी थिइन् । उत्तरी फ्रान्समा जन्मिएकी उनी डेन्टल सर्जरीको विद्यार्थी हुुन् । कुुकिङकी सोखिन उनले आफूले बनाएका खानाका परिकार सामाजिक सञ्जालमा नियमित सेयर गर्ने गरेकी छन् । मिस युुनिभर्स प्रतियोगितामा उनलाई सोधिएका प्रश्न र उनको रमाइलो जवाफको चर्चा बढिरहेको छ । धेरैले रुचाएको उनको जवाफ कस्तो छ त ?

आफ्नो मुुलुुकको प्रतिनिधित्व गरिरहँदा के कुुराले गर्व लाग्छ ? फ्रान्स इतिहास बोकेको मुुलुुक हो । इतिहासबाहेक यहाँ धेरै सुुन्दर सहर र ठाउँहरू छन् । मलाई फ्रान्सेली नागरिक भएकोमा गर्व लाग्छ । म एउटी महिलाका रूपमा सम्पूर्ण फ्रान्सेली महिलालाई प्रतिनिधित्व गरिरहेको छुु जसले सम्पूर्ण फ्रान्सेली महिलाका बारेमा संसारसामुु बुुझाउनेछ । मेरो मुुलुुक यस्तो मुुलुुक हो जसले स्वतन्त्रता, समानता, भ्रातृत्वलाई महत्व दिन्छ । सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिदेखिको यस्ता कुुरालाई प्राथमिकता दिँदै आएको छ । त्यसैले मलाई आज मेरो मुुलुुकको प्रतिनिधित्व गरिरहँदा साँच्चै नै गर्व लागेको छ ।

iris

-तपाईंको मुुलुुकका बारेमा अरूले थाहा नपाएको के कुुरा होलान् ?

फ्रान्स संसारको सबभन्दा प्रख्यात पर्यटकीय गन्तव्य हो । यहाँ रहस्यमय ऐतिहासिक साइटहरू छन् । यहाँका सुुन्दर र मनमोहक दृश्यले गर्दा धेरै पर्यटक आकर्षित हुुन्छन् ।

-कहिल्यै फ्रान्स नआएकालाई तपाईं आफ्नो मुुलुुकका बारेमा के भन्न चाहनुुहुुन्छ ?

फ्रान्स वास्तवमा रोमान्टिक मुुलुुक हो । यहाँ एकदमै बलियो खालका ऐतिहासिक धरोहरहरू छन् । हामी उत्कृष्ट खाना, सपिङ सेन्टरहरूमा रमाइलो गर्न सक्छौं । फ्रान्समा सबभन्दा रमाइलो नाइट हुुन्छ । रातको फ्रान्स जादुुमय देखिन्छ ।

-तपाईंको मन पर्ने फ्रान्सेली खाना के हो ?

मलाई लसुुन र जडीबुुटी मिसिएको बुुर्गन्डी सस धेरै मन पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.