गर्भवती हुुँदा बियोन्सको खुुसी

गर्भवती हुुँदा बियोन्सको खुुसी

विश्वविख्यात पपस्टार बियोन्स अहिले गर्भवती छिन् । आफ्नो करिअरको विभिन्न कालखण्डमा प्रेग्नेन्सीसम्बन्धी फैलिएका अनेकन अफवाहको सामना गर्दै आएकी उनले पाँच वर्षपहिले छोरी जन्म दिएपछि केही समय यस्ता गसिप बन्द भएका थिए । पछिल्लो समय उनका बारेमा यस्ता अफवाह गाइँगुुइँ चलिरहेको थियो । तर, यसपटक उनी साँच्चिकै गर्भवती भएकाले संसारभर उनका फ्यानबीच एक प्रकारको तरंग ल्याइदिएको छ ।

३५ वर्षीया वियोन्स र उनका प्रेमी ४७ वर्षीय जे जेडलाई संसारभरका लाखौंका फ्यान, साथीभाइ, आफन्त एवं परिवारले शुुभकामना दिइरहेका छन् । वियोन्सले आफ्नो निकै बढेको पेट देखाएर गरेको फोटोसुुट आफैंले सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यसले उनको गर्भका बारेमा चलिरहेको चियोचर्चा र हल्लालाई चुुप बनाएकी छन् । उनको प्रेग्नेन्सीको खबरले अर्की गायिका रिहाना पनि निकै उत्साहित बनेकी छन् । रिहानाले उनका प्रेग्नेन्सी फोटोसुुटको प्रशंसा पनि गरेकी छन् ।

आफ्नोबारेमा अनेकन अफवाह चल्ने गरेकाले त्यसलाई चिर्न बियोन्से ठूलो पेट लिएर ग्रामी अवार्डमा उपस्थित भएकी थिइन् । समारोहमा प्रेग्नेन्सी बियोन्स आकर्षणको केन्द्र बनेकी थिइन् । ग्रामी अवार्डमा सहभागी हुुँदा माझीऔंला देखाउँदै फोटोसुुट गराएकी थिइन् । फोटोमा पेट देखिने गाउन लगाएकी छन् । आफूलाई खिल्ली उडाउने, खिसी गर्ने र अफवाह फैलाउनेलाई माझीऔंला देखाएको उनले बताएकी छन् ।

beyonce-pregnancy-(2)

इन्स्टाग्राममार्फत आफू र पति जे जेड जुुम्ल्याहा बच्चाको अभिभावक बन्न लागेको खुुलासा गरेकी थिइन् । पाँचवर्षे छोरी ब्लुु इभलाई जन्म दिएपछि उनी दोस्रोपटक आमा बन्न लागेकी हुुन् । सन् २००८ मा विवाह गरेका उनीहरुले पहिलो सन्तानलाई जन्म दिएपछि डिभोर्स भएको, वियोन्सले दोस्रो विवाह गरेको लगायतका विभिन्न अफवाहबाट आफूहरु हैरान भएको उनले बताएकी छिन् ।

आमा बन्दाको अनुुभूति सम्झँदा आफू हर्षविभोर हुुने गरेको उनले बताएकी छन् । जुुम्ल्याहा बच्चाका कारण आफू अझ उत्साहित भएको र उनीहरूले परिवारमा झन् बढी खुुसी ल्याउने उनले अपेक्षा गरेकी छन् । यो खुुसी आफ्ना फ्यानहरूसँग बाँड्न चाहेको पनि उनले बताएकी छन् । बियोन्सको प्रेग्नेन्सीका कारण अहिले अमेरिकामा रिप्रडक्टिभ हेल्थका बारेमा पनि कुुरा उठेको बताइएको छ ।

उनले अभिभावकले योजनाअनुुसार बच्चा जन्माउन पाउने विषयमा खुुलेर वकालत गर्दै आएकी छन् । यस्तो विषय उठाइनुुपर्ने भन्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सहयोग गर्नुुपर्ने पनि माग गरेकी हुुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.