समुद्रभित्र भेटियो घातक रसायन

समुद्रभित्र भेटियो घातक रसायन

वैज्ञानिकहरूको एक अध्ययनले लगभग ७० को दशकमा प्रतिबन्धित घातक रसायान समुद्रको सबैभन्दा गहिरो भाग मारियाना ट्रन्चमा भेटिएको दाबी गरेको छ । सूर्यको प्रकाश नछिर्ने भागमा समुद्रबाट करिब १० हजार किलोमिटर गहिराइमा उक्त रसायन भेटिएको अनुसन्धान टोलीको नेतृत्व गरेका बेलायतको न्युकसल युनिभर्सिटीका अलाम ज्यामिसनले दाबी गरेका छन् ।

उनका अनुसार मारियाना ट्रन्च जमिनको सबभन्दा गहिरो भाग हो, जुन भाग करिब १० हजार नौ सय ९४ गहिरो छ । यति गहिराइमा एउटा वा दुइटा पनडुब्बी जहाजमात्रै जान सम्भव हुन्छ । उक्त गहिराइमा सूर्यको प्रकाशसमेत छिर्न सक्दैन । सो ठाउँमा मानिसले गरेको प्रदूषण पुगिसकेको छ।मारियाना ट्रेन्चमा पुगेको प्रदूषणले मानव जीवनमा ठूलो प्रभाव पार्ने भन्दै वैज्ञानिकहरू चिन्तित बनेका छन् । उनीहरूले उक्त ठाउँमा विषालु रसायन धेरै मात्रामा जम्मा भइसकेको दाबी गरेका छन् । अनुसन्धानका क्रममा एउटा रोबोटिक पन्डुब्बीले उक्त फोहोरको तस्बिरसमेत खिचेर ल्याएको छ।

ज्यामिसनले भनेका छन्, ‘अहिले मानवीय कारणले समुद्र अति प्रदूषित भएको छ । तर पनि समुद्र प्राकृतिक अवस्थामै अवस्थित छ । मानिसले यसलाई असर नगर्ने सोचिरहेका छन् । तर यसले भविष्यमा ठूलो क्षति पु‍र्‍याउने अनुसन्धानले देखाएको छ ।’ समुद्रको गहिराइमा भेटिएको प्रदूषणले मानिसको जीवनचक्र र वातावरणीय चक्रमा पनि परिवर्तन ल्याउनसक्ने उनको भनाइ छ ।

वैज्ञानिकले सन् १९७० को दशकमा एकदमै विषालु रसायन (पीओपी) भेट्टाएकाले उक्त रसायनलाई प्रतिबन्ध लगाएका थिए । उनीहरूले यसलाई पर्सिस्टेन्ट अग्र्यानिक पोलुटेट्स नाम दिएका थिए । यो प्राकृतिक रूपमा नष्ट हुँदैन । यो तत्व क्यानडाको किलर ह्‍वेल तथा पश्चिमी युरोपको डल्फिनको शरीरमा भेटिएको थियो ।

पीओपीको उत्पादन सन् १९३० देखि १९७० को दशकमा धेरै मात्रामा भेटिएको थियो । वैज्ञानिकका अनुसार पीओपीको उत्पादनको एक तिहाइ अर्थात् १.३ टन समुद्रमा घुलेर बसेको छ । यसकारण वैज्ञानिकले मारियाना ट्रेन्चलाई साइरेना डिप भनेर उल्लेख गरेका छन् । यता, अमेरिकी वैज्ञानिकले भने उक्त साइरेना डिपमा बियरको बोतल, टिनको बट्टा र प्लास्टिकको झोलासमेत अत्यधिक मात्रामा पाइएको बताएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.