आमरण अनशनप्रति प्रेस युनियनको ध्यानाकर्षण

आमरण अनशनप्रति प्रेस युनियनको ध्यानाकर्षण

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणलगायतको माग राखी तीन दिनदेखि थालिएको आमरण अनशनप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नुभएका पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति महासङ्घ नेतृत्वले जिम्मेवारीबोध नगरेको युनियनको आरोप छ ।

युनियनले शुक्रबार विज्ञप्तिमार्फत अनशनकारीद्वय सञ्चारकर्मीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको जीवनरक्षाका लागि जिम्मेवारीबोधका साथ प्रस्तुत हुन महासङ्घ नेतृत्वलाई सचेत गराएको छ ।

महासङ्घ नेतृत्वले आमरण अनशनजस्तो कठिन आन्दोलनमा उत्रिएका सञ्चारकर्मी र उनीहरुका मागलाई नजरअन्दाज गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.